नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन्।
संचालक समितिको मंगलबार बसेको ३१५ औं बैठकले कार्यवाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।
संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती स्विकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ। उनको नियुक्तीसँगै कम्पनीले नयाँ उचाइ लिने कम्पनीको विश्वास छ।
प्रसाई विगत साढे तीन वर्षदेखि नेपाल लाइफसँग आवद्ध छन्।