सेयर बजारको परिसूचक नेप्से बिहीबार १६ अंकले करेक्सन भएको छ।
सोमबारसम्म लगातार बढेर २५६१ अंकको नयाँ कीर्तिमानी बनाएको बजार मंगलबार २७ अंकले करेक्सन भएको थियो भने हिजो बुधबार ८ अंकले बढेको थियो।
आज बिहीबार १६ अंकको करेक्सनपछि परिसूचक २५२६ अंकमा कायम भएको छ।
यस दिन ८ अर्ब ४१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। बैंकिङ १० र विकास बैंक समूह २० अंकले बढे भने अरु सबै समूह झरेका छन्।
ब्यापार ४०, होटल ४२, जलविद्युत २५, फाइनान्स १८, निर्जीवन बीमा २०७, उत्पादन १०९, अन्य २२, माइक्रोफाइनान्स १२८, जीवन बीमा २१४ अंकले घटेका छन्।
यस दिन धेरै मूल्य बढ्ने कम्पनीमा चन्द्रागिरि हिल्स रह्यो। सो कम्पनीको मूल्य ५ प्रतिशतले बढेर १८८ रुपैयाँ कायम भएको छ। लुम्बिनी विकास बैंकको मूल्य ४ प्रतिशतले बढेको छ।
सपोर्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ। डिप्रोक्स लघुवित्तको मूल्य ९.९ प्रतिशतले घटेको छ। त्यस्तै आइएमई जनरल इन्स्योरेन्सको मूल्य ७.६ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा यस दिन डिप्रोक्स लघुवित्त अग्रस्थानमा रह्यो। सो कम्पनीको ५६ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भयो।
त्यस्तै नबिल बैंकको ३८ करोड बराबरको कारोबार हुँदा कुमारी बैंकको ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो।