सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ। बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको हाे ।
प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पूको भाडा, कमलामाई मन्दिरमा भेटी तथा जुनार खरिदको मुल्य सबै क्युआर कोडमार्फत् भुक्तानी गरी उक्त अभियानको उद्घाटन गरे।
कार्यक्रममा सिन्धुली क्षेत्रमा चल्ने ७४ टेम्पू (तीनपाङ्ग्रेसवारी) तथा ३४ वटा अन्य विभिन्न ब्यापारीहरुलाई क्युआर कोड वितरण गरिएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसातगर्न पनि नगदरहित अभियान अपरीहार्य रहेको बताए।
नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानु पर्ने उनको भनाइ छ।
बैंकले करिब पाँचलाख बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ६ एक्सटेन्सन काउन्टर मार्फत् सेवा प्रदान गर्दै आएको छ।