एनएमबी बैंकले विर्तामोड कृषि बजारमा क्युआर कोडमार्फत कारोबार सुरु गरेको छ। कार्यक्रमको औपचारिक सुरुवात बैंकका प्रदेश १ प्रमुख घिमिरेले कृषि व्यवसायी अमर बहादुर तामाङ्गको पसलमा विद्यतीय भुक्तानीको प्रयोग गरी सामान किनेर गरेका थिए।
नगदरहित भुक्तानीलाई प्रवद्र्धन गन यस्तो कारोबार सुरु गरिएको बैंकको भनाइ छ।
कार्यक्रममा विर्तामोड कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद पौडेलको सभापतित्व रहेको थियो। साथै प्रमुख अतिथि विर्तामोड न.पा. वडा ५ का अध्यक्ष राजेन्द्र प्रसाद लिङदेल, विशिष्ट अतिथि एनएमबी बैंक प्रदेश १ प्रमुख उत्सव घिमिरे, उक्त बजार व्यवस्थापन समितिका सदस्यहरु, लगायत सुरक्षा निकाय, स्थानीय कृषि ब्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
क्युआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्गतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ।