सेयर बजारको वृद्धिसँगै जीवन बीमा कम्पनीको मूल्य पनि बढेको छ। हाल देशभर कुल १९ जीवन बीमा कम्पनी संचालनमा छन्। तीमध्ये ९ वटा कम्पनी मात्रै बजारमा सूचीकृत छन्।
एसियन लाइफ, गुराँस, लाइफ इन्स्योरेन्स कम्पनी, नेसनल लाइफ, नेपाल लाइफ, प्रभु, प्राइम, रिलायन्स र सूर्या लाइफ इन्स्योरेन्स बजारमा सूचीकृत कम्पनी हुन्।
यीमध्ये प्रभु र रिलायन्स नयाँ कम्पनी हुन्। यी कम्पनीको सेयर कारोबार भएको एक वर्ष पुगेको छैन।
संचालनमा रहेका जीवन बीमा कम्पनीमध्ये ८ कम्पनीले सर्वसाधारणलाई आइपिओ नै जारी गरेका छैनन्। पछिबाट खुलेका कम्पनीहरु आइएमई, युनियन, ज्योति, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ।
मेट लाइफको नेपालमा शाखा कार्यालय मात्रै हो भने राष्ट्रिय बीमा संस्थान पूर्ण रुपमा सरकारी स्वामित्वको कम्पनी हो।
एक वर्षमा जीवन बीमा कम्पनीको सेयर मूल्य दुई गुणासम्म बढेको छ। सेयर मूल्य वृद्धिबाट मात्रै होइन, कम्पनीहरुले दिएको लाभांशबाट पनि लगानीकर्ताले थप नाफा लिएका छन्।
जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा पु्स मसान्तसम्म ६३ अर्ब २० करोड रुपैयाँ संकलन गरेका छन्। नाफा, बिजनेस लगायत कम्पनीको वित्तीय स्थितिअनुसार मूल्य पनि फरक फरक छ।
जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७५/७६ बाट लाभांश दिएका छन्। आर्थिक वर्ष २०७६/७७को नाफाबाट लाभांश दिन बाँकी नै छ।
आर्थिक वर्ष २०७५/७६ को नाफाबाट हालसम्म कुन कम्पनीले कति घोषणा गरे लाभांश?
लाभांश घोषणा गरेका कम्पनी
|
बाेनस
|
नगद लाभांश
|
कुल लाभांश
|
नेपाल लाइफ
|
३१
|
२०
|
५१
|
नेसनल लाइफ
|
१०
|
०.५३
|
१०.५३
|
लाइफ इन्स्योरेन्स
|
१०
|
०.५२
|
१०.५२
|
प्राइम लाइफ
|
७
|
८
|
१५
|
सूर्या लाइफ
|
५
|
५.५
|
१०.५
|
|
|
|
|
लाभांश मात्रै नभई जीवन बीमा कम्पनीको मूल्य पनि बजारमा ह्वात्तै बढेको छ। एक वर्षमा कतिपय कम्पनीको मूल्य दोब्बरसम्म बढेको छ।
हेर्नुस्, १ वर्षमा कुन कम्पनीको मूल्य कति बढ्यो?
कम्पनी
|
०७६ फागुन ५ को मूल्य प्रतिकित्ता (रुपैयाँमा)
|
०७७ फागुन ४ को मूल्य प्रतिकित्ता रुपैयाँमा
|
परिवर्तन प्रतिशतमा
|
एसियन लाइफ
|
६४०
|
१४५०
|
१२६
|
गुराँस लाइफ
|
८२४
|
८२२ (१:१ हकप्रदपछि)
|
-०.२
|
लाइफ इन्स्योरेन्स कम्पनी
|
१३९३
|
२७५७
|
९७
|
नेशनल लाइफ
|
६९७
|
१३१३
|
८८
|
नेपाल लाइफ
|
१२०३
|
२२९९ (३१% बोनस समायोजनपछि)
|
९१
|
प्रभु लाइफ
|
१४१ (पहिलो कारोबार)
|
८६८
|
५१५
|
प्राइम लाइफ
|
६१०
|
९४०
|
५४
|
रिलायन्स लाइफ
|
३४० (पहिलो कारोबार)
|
७४५
|
११९
|
सूर्या लाइफ
|
५०६
|
९०३
|
७८
|