एनएमबी बैंकले महानगर फलफूल तथा तरकारी बजार चितवनमा क्युआर कोडमार्फत् कारोबार सुरु गरेको छ। नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न यस्तो कारोबार सुरु गरिएको हो।
एनएमबी बैंकको बाग्मति प्रदेश प्रमुख गणेश पराजुलीले तरकारी बजारका प्रवन्धक निर्देशक थिर प्रसाद धिताललाई क्युआर कोड हस्तान्तरण गरेका हुन्।
क्युआर कोडमार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास छ।