सेयर बजारको परिसूचक नेप्से बुधबार ९.९ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २६११ अंकमा कायम भएको छ।
यस दिन ८ अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। बैंकिङ २९, ब्यापार ५९, विकास बैंक ३ र अन्य समूह १० अंकले बढेका छन्।
तीबाहेकका सबै समूह झरेका छन्, होटल १५, जलविद्युत १४, फाइनान्स १, निर्जीवन बीमा १३६, उत्पादन ८६, माइक्रोफाइनान्स ४५, जीवन बीमा १४४ अंकले घटेका छन्।
यस दिन कारोबारका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ६९ करोड रुपैयाँ बराबरको सेयर किनबेच हुँदा मूल्य बढेर प्रतिकित्ता ४९७ रुपैयाँ पुगेको छ।
यस दिन सबैभन्दा धेरै मूल्य बढ्नेमा पनि सोही कम्पनी रह्यो। अघिल्लो दिनको तुलनामा कम्पनीको मूल्य ९.९ प्रतिशतले बढेको छ।
कर्पोरेट डेभलपमेन्ट बैंक र हिमालय उर्जा विकास बैंकको मूल्य ९.८ प्रतिशतले बढेको छ। त्यस्तै समृद्धि फाइनान्सको मूल्य ९.५ प्रतिशतले बढेको छ।
वाणिज्य बैंकहरुमा यस दिन सनराइज बैंकको मूल्य सबैभन्दा धेरै ७.३ प्रतिशतले बढेर ३५२ रुपैयाँ कायम भएको छ। त्यस्तै लक्ष्मी, एनसिसी बैंकको मूल्य ४ प्रतिशतले बढ्यो।
सनराइज म्युचुल फण्डको मूल्य भने साढे ४ प्रतिशतले घटेको छ।
यस दिन चन्द्रागिरि हिल्सको मूल्य २.२ प्रतिशतले बढेर २२५ रुपैयाँ कायम भएको छ। सो कम्पनीको सेयर बिक्री गर्नेहरु छैनन् भने खरिदमा उच्च चाप छ।