सिटिजन्स बैंक इन्टरनेसनल र पे–लेस एप्सबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ।
सामझदारी पछि सिटिजन्स बैंकका कार्डबाहकहरुले पे–लेस एप्ससँग आवद्ध ४ सय ५० भन्दाबढी आउटलेटहरूमा विशेष छुट पाउने बैंकले प्रेस विज्ञप्ती मार्फत् जानकारी दिएको छ।
हालसम्म बैंकको कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्यान्ट कार्डको व्यवस्था बताइएको छ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १ सय ९ वटा शाखा, ९८ वटा एटिएम र १ सय ७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट करिव सात लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।