सिभिल बैंकको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सम्पन्न सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पुँजीको ८ प्रतिशतका दरले हुन आउने बोनस सेयर तथा कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश पारित भएको छ।
साथै सभाले आ.व. २०७७/०७८ को लेखापरिक्षण गर्नको लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्स”लाई लेखापरिक्षकमा पुनः नियुक्त गरेको छ।
साथै सिभिल बैंक अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिन वा एक्वीजिसनमा जान, ल्याउन स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ।
आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ।
करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टर तथा ८९ एटियम मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीब ७८ अर्ब भन्दा बढी निक्षेप संकलन गरी ७२ अर्ब भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ।