एनएमबी बैंकले नमुना कृषि बजार, दमकमा क्युआर कोडमार्फत् कारोबार सुरु भएको छ।
नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न यो कारोबार सुरु गरिएको हो। बैंकका प्रदेश १ प्रमुख घिमिरेले उक्त कृषि बजारको व्यवसायीको पसलमा विद्यतीय भुक्तानीको प्रयोग गरी सामान किनेर कारोबार सुरु गरेका हुन्।
साना तथा मझौला उद्यमीलाई विगतदेखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको बैंकको भनाइ छ।
क्युआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास छ।
बैंकका प्रदेश १ प्रमुख घिमिरेले उक्त कृषि बजारको व्यवसायीको पसलमा विद्यतीय भुक्तानीको प्रयोग गरी सामान किनेर यो कारोबार सुरु गरिएको हो।