माछापुच्छ्रे बैंकले पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा तथा पोखरा कै सिद्दार्थ चोकमा रहेको श्री कम्प्लेक्समा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ।
बैंकले शुक्रबारदेखि सबै ठाउँमा एकैसाथ सञ्चालनमा ल्याएको हो।
पोखराको नयाँ बजारमा रहेको हङकङ बजारमा शुक्रबार नेपाल राष्ट्र बैंकका मु निर्देशक पुस्कर सुर्खाली तथा बैंकका संचालक रोशन केसीले संयुक्तरुपमा उद्घाटन गरे।
यो सेवा संचालनमा आएपछि हङकङ बजार तथा श्री कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी तरकारी किन्न सक्नेछन्।
त्यसैगरि पोखरेली ट्याक्सी व्यवसायीअन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्युआर कोडको प्रयोग गरी ट्याक्सी भाडा तिर्न सक्नेछन्।