नेपाल बैंक लिमिटेडको फोन पे को क्यू आर स्टेन्ड वितरण गरिएको छ। नेपाल बैंक पाल्पा शाखाको आयोजनामा डिजिटल पाल्पा अभियान अन्तर्गत एकै दिन एक सय १८ जनालाई उक्त क्यू आर स्टेन्ड वितरण गरिएको हो।
ढाका कपडा व्यवसायी, कृषक, कानुनी सेवा व्यवसायी, सहकारी संस्था, विद्यालय, बाईक मर्मत पसल, होटल रेष्टुरेन्ट लगायत विविध क्षेत्रका व्यवसायीहरुलाई दिइएको थियो।
क्यू आर स्टेन्ड वितरण कार्यक्रममा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाखीको प्रमुख आतित्थ्यता थियो।
मेयर शाहीले अब व्यवसायमा क्यासलेस कारोबारका कारण छिटो, छरितो र सरल रुपमा कारोबार गर्न सकिने बताए।
यसकारण सबैले यसको प्रयोगलाई बढाउनुपर्ने र त्यसका लागि तानसेनका बैंक तथा वित्तीय संस्थाहरुले यस किसिमको जागरणका कामहरु गर्नुपर्नेमा जोड दिए।