सानिमा बैंक लिमिटेडले काठमाडौंकाे कीर्तिपूर (पाङ्गा दोबाटो) मा बैंक कार्यालय स्थापना गरेको छ।
कार्यालयको उद्धघाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले गरे।
मह जोडीले कीर्तिपूरमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई दिए।
त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९३ वटा ए.टि.एम. संचालनमा छन्।