मंगलबार सेयर बजारको परिसूचक नेप्से २३ अंकले घटेको छ।
सो अंकको गिरावटपछि परिसूचक २४६१ अंकमा कायम भएको छ। यस दिन कारोबार रकम पनि खुम्चिएको छ। कुल ४ अर्ब ७५ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
होटल तथा पर्यटन ६८ र जलविद्युत समूह ३६ अंकले बढेका छन्। बैंकिङ २१, ब्यापार ४९, विकास बैंक २२, फाइनान्स ४, निर्जीवन बीमा ११४, उत्पादन ८८, अन्य २०, माइक्रोफाइनान्स ४७, जीवन बीमा २०१ र लगानी समूह १ अंकले घटेका छन्।
५ कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ। हिमालय उर्जा विकास कम्पनी, चन्द्रागिरि हिल्स, नेपाल हाइड्रो डेभलपर्स, रैराङ हाइड्रोपावर र युनाइटेड फाइनान्सको मूल्य करिब १० प्रतिशतले बढेको छ। आजको कारोबारपछि चन्द्रागिरि हिल्सको मूल्य ७३१ रुपैयाँ कायम भएको छ।
कारोबारका आधारमा यस दिन शिखर इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ६५ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य प्रतिकित्ता २६२२ कायम भएको छ।
त्यस्तै माथिल्लो तामाकोसीको २९ करोड रुपैयाँ बराबरको कारोबार भयो भने मूल्य प्रतिकित्ता ५९५ रुपैयाँ कायम भएको छ। गुमाउनेमा सपोर्ट माइक्रोफाइनान्स अग्रस्थानमा रह्यो। सो कम्पनीको मूल्य ५.१ प्रतिशतले घटेको छ।
यस दिन एनएमबी बैंकको बोनस सेयर सूचीकृत भएको छ।