सानिमा बैंक र आइएसओएन हेल्थकेयर लिमिटेडबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र आइएसओएन हेल्थकेयरका तर्फबाट बिजनेश डेभलोपमेन्ट प्रमुख आशिष धवनले हस्ताक्षर गरेका हुन्।
समझदारी पत्र अनुसार विश्वभर रहेका ५ सय बढी अस्पतालहरुमा यस्तो छुट पाइन्छ।
स्वास्थ्य उपचार गराउँदा सानिमा बैंकका डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले ५ देखि ७ प्रतिशतसम्म उपचार शुल्कमा छुट पाउने भएका हुन्।
आइएसओएन हेल्थकेयर अन्तर्गतका भारतका अपोलो हस्पिटल, मेदान्त हस्पिटल, फोर्टिस हस्पिटल, सिंगापुरस्थित सिंगापुर जेनरल हस्पिटल, थाइल्यान्डस्थित ब्याङकक हस्पिटल, बुमरुनग्राड इन्टरनेसनल हस्पिटलमा पनि छुट पाइनेछ।
आइएसओएन हेल्थकेयरको भारत, थाइल्यान्ड, मलेसिया, इजिप्ट, अमेरिकालगायत देशहरुका प्रतिष्ठित अस्पतालहरुसँग सम्बन्धन छ।
यो बैंकको हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा एटिएम संचालनमा छन्।