सेयर बजार बुधबार पनि ३ अंकले घटेको छ। सो अंकको गिरावटपछि परिसूचक २४५८ अंकमा कायम भएको छ।
यस दिन कुल ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भयो। बैंकिङ १०, विकास बैंक १०, निर्जीवन बीमा १२७, माइक्रोफाइनान्स ४० र जीवन बीमा समूह १२८ अंकले घट्यो।
त्यस्तै ब्यापार २९६, होटल तथा पर्यटन ५१, जलविद्युत र फाइनान्स ४–४, उत्पादन ९५ र अन्य समूह ३८ अंकले बढे।
यस दिन पनि चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले बढेको छ। सेयर बजार घटे पनि बढे पनि चन्द्रागिरि हिल्सको मूल्य दैनिक १० प्रतिशतले बढेको छ। कम्पनीको मूल्य प्रतिकित्ता ८०४ रुपैयाँ पुगेको छ।
कम्पनीको मूल्य कतिसम्म जाला भन्ने कौतुहलता लगानीकर्तामा बढेको छ। बजार बन्द हुने बेलासम्म ७ लाख कित्ता सेयर खरिदका लागि अर्डर देखिन्थ्यो भने बिक्रीमा कोही थिएनन्। कम्पनीको मूल्य अझै केही दिन बढ्ने संकेत देखिएको छ।
घलेम्दी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्सको मूल्य पनि १० प्रतिशतको हाराहारीमा बढ्यो। यस दिन रैराङ हाइड्रोको मूल्य भने सबैभन्दा धेरै ४.६ प्रतिशतले घटेको छ। त्यस्तै मिथिला लघुवित्तको मूल्य ४.१५ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा नेपाल टेलिकम अग्रस्थानमा रह्यो। सो कम्पनीको ५५ करोड रुपैयाँ बराबरको कारोबार हुँदा निफ्रा दोस्रो स्थानमा रह्यो। सो कम्पनीको २० करोड बराबरको कारोबार भयो।