हिमालयन बैंकले पाटन दरबार क्षेत्रको मन्दिर पुनःनिर्माणका लागि एक करोड दिने भएको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई उक्त रकम सहयोग गरेको हो।
बैंक संचालक समितिका अध्यक्ष तुलसी प्रसाद गौतमले ट्रष्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रोहित कुमार रन्जितकारलाई चेक दिएका हुन्।
यो बैंकले स्वास्थ्य, शिक्षा, प्राकृतिक विपत्तिमा परेकाहरु, संस्कृतिक सम्पदाहरुको संरक्षण÷पुनस्र्थापना वित्तिय साक्षरता लगायत क्षेत्रमा सहयोग गर्दै आएको छ।