नेपाल इन्भेस्टमेन्ट बैंकले भारतको बैंकअनअससँगको सहकार्यमा ‘पैसा पठाउने’ एप सार्वजनिक गरेको छ।
यो एपमार्फत भारतमा रहेका नेपालीले मोबाइल फोनबाटै २४ घण्टाभित्र नेपालमा पैसा पठाउन सक्नेछन्। यो एपको प्रयोगमा छिटो र सुरक्षित ढंगमा पैसाको कारोवार गर्न सकिने भएको हो।
भारतका बैंकहरूको बिदाका दिनमा समेत यो एपमार्फत पैसा पठाउन सम्भव हुने बताइएको छ।
‘पैसा पठाउने’ एपले युपिआइ, गुगल पे, फोनी पे, पेटिएम, ह्वाट्सएप जस्ता डिजिटल मोबाइल भुक्तान प्लेटफर्मलाई पनि साथ दिन्छ।
बैंकले जारी गरेको विज्ञप्ति अनुसार ‘पैसा पठाउने’ एपले भारतमा रहेका नेपालीलाई पैसा बचत गर्न मद्दत गर्नेछ।
यो एपमार्फत भारू ५० हजारसम्म पठाउन सकिन्छ। वर्षमा १२ पटक पठाउन सकिने बैंकले बताएको छ।