गागलफेदी यातायातमा मेगा बैंकको क्यूआर भुक्तानी सेवा संचालनमा आएको छ।
गागलफेदी यातायातद्वारा संचालित यात्रुबाहक बसहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा तिर्न सकिने व्यवस्था मिलाइएको हो।
नगदरहित भुक्तानी व्यवस्थालाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको नीतिअनुरुप मेगा बैंकले क्यूआर कोड सुविधालाई प्राथमिकता दिँदै आएको छ।