कुमारी बैंक र मेरिना इम्पेक्सबीच सम्झौता भएको छ। इम्पेक्सबाट सिलाई सम्बन्धी सेवामा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलाई छुट दिने सम्बन्धमा सम्झौता भएको हो।
सम्झौतापछि मेरिना इम्पेक्सले काठमाडौंको बागबजार, नयाँ सडक, ललितपुरको गाबहाल लगायत विभिन्न शाखाहरुबाट सबै सिलाई सम्बन्धी सेवाहरुमा २० प्रतिशतसम्म छुट दिनेछ।
कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा मेरिना इपेक्स तर्फबाट प्रबन्ध निर्देशक गोकुल खड्काले हस्ताक्षर गरे।
यो बैंकको १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टर छन्।