सोमबार पनि सेयर बजारको परिसूचक नेप्से १८ अंकले झरेको छ। सो अंकको गिरावटपछि परिसूचक २४ सय अंक तल झरेको छ। आजको कारोबारपछि परिसूचक २३८९ अंकमा कायम भएको छ।
यस दिन कुल ४ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भयो। यस दिन ब्यापार, उत्पादन र होटल तथा पर्यटन, लगानी समूह बढेका छन् भने अरु सबै समूह घटेका छन्। ब्यापार ५५, उत्पादन १० र होटल तथा पर्यटन ९० अंकले बढे। त्यस्तै लगानी समूह १ अंकमुनि हरियो रह्यो।
बैंकिङ १७, विकास बैंक ११, जलविद्युत ०.७८, फाइनान्स ७, निर्जीवन बीमा १९२, अन्य ३८, माइक्रोफाइनान्स २५ र जीवन बीमा समूह १२१ अंकले घटेका छन्।
यस दिन समग्र बजार घट्दा पनि चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशत बढ्यो। कम्पनीको मूल्य प्रतिकित्ता ९७२ रुपैयाँ कायम भएको छ। घलेम्दी हाइड्रोपावरको मूल्य साढे ९ प्रतिशतले बढ्यो।
सो वृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता १७३ रुपैयाँ कायम भएको छ। पन्चकन्या माइ हाइड्रोको मूल्य साढे ९ प्रतिशतले बढेर १८५ रुपैयाँ कायम भएको छ।
कारोबारका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ४३ करोड रुपैयाँको कारोबार भयो भने मूल्य प्रतिकित्ता ५३७ रुपैयाँ कायम भयो।
माथिल्लो तामाकोसी २९ करोड ८३ लाख रुपैयाँको कारोबार भयो भने मूल्य प्रतिकित्ता ६५९ रुपैयाँ कायम भयो। नविल बैंकको १९ करोड रुपैयाँ बराबरको कारोबार भयो भने मूल्य प्रतिकित्ता १२०५ रुपैयाँ कायम भयो।
हिमालय पावर पार्टनरको मूल्य ६ प्रतिशतले घट्यो।