ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको सेयर बजारमा सूचीकृत भएको छ।
सो कम्पनीको १ करोड ८० लाख कित्ता सेयर बजारमा सूचीकृत भएको हो। पहिलो पटक सेयर कारोबारका लागि मूल्य प्रतिकित्ता ९९ रुपैयाँदेखि २९९ रुपैयाँ सम्म तोकिएको छ।
भोलि मंगलबारदेखि सेयर कारोबार हुनेछ। सर्वसाधारणलाई जारी गरिएको सेयर ३ लाख २५ हजार १६५ जनाले १०–१० कित्ता पाएका थिए। जसमा २ जनाले भने ११–११ कित्ता पाएका थिए।
कम्पनीले दोलखा जिल्लाको खानीखोलाबाट विद्युत उत्पादन गर्नेछ। कम्पनीले ४० मेगावाट क्षमताको आयोजना बनाउँदैछ।