एनसिसी बैंकले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ। बैंकले चितवन जिल्लाको भरतपुर महानगरपालिका, वडा नं. ९ स्थित हाकिमचोकमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको हो।
सोमबार एनसिसी बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उक्त शाखा कार्यालयको उद्धघाटन गरे।
सोही अवसरमा बैंकले विभिन्न व्यवसायहरुलाई वित्तिय कारोबारमा सहजताका लागि क्यू आर कोड हस्तान्तरण गरेको छ।
यो बैंकको १२८ शाखा, ८ वटा एक्स्टेन्सन काउन्टर १०७ वटा एटिएम संचालित छन्।