बैंक अफ काठमाण्डू लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ। मंगलबार आयोजित सभा बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।
सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु गोबिन्द प्रसाद शर्मा, मदन लाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्बिरोध निर्वाचित भएका छन्।
बैंकले हाल ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिदैँ आएको छ।