मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले फुडमाण्डूमार्फत खानाका परिकार खरिद गर्दा विशेष छुट पाउने भएका छन्।
फुण्डमाण्डूसँगको सहकार्यमा मेगा बैंकका ग्राहकले हरेक सोमबार १५ प्रतिशत छुट अथवा ३ सय रुपैंयासम्मको ‘क्यासब्याक’ पाउने भएका हुन्।
यस अभियान अन्तर्गत मेगा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले फूडमाण्डूको एप्स प्रयोग गरी रकम भुक्तानी गर्नुपर्नेछ।
डिजिटल बैंकिङ अन्तर्गत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले फूडमाण्डूसँगको यस्तो सहकार्यमा गरेको हो।