इसेवा र पश्चिमाञ्चल होटलसंघ पोखराबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ।
यससँगै पोखराका होटलमा बस्दा नगद बोक्नुपर्ने झञ्झट हटेको छ।
सम्झौता पत्रमा इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछाने र पश्चिमाञ्चल होटल एशोसिएसनका अध्यक्ष विकल तुलाचनले हस्ताक्षर गरे।
सम्झौता अनुसार संघ र यस अन्तर्गतका सदस्य होटलहरुले फोनपेद्वारा संचालनमा ल्याइएको क्यूआर कोडसम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्ने छन्।
फोनपेले इसेवा लगायत आफ्ना अन्य कम्पनी मार्फत् पोखराको पर्यटन प्रवद्र्धनमा सघाउने छन्।
कार्यक्रमको उद्धघाटन बुधवार नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख इश्वरी प्रशाद भट्टराईले गरेका हुन्।
भट्टराईले तल्लो तहसम्म क्यूआर कोडजस्ता प्रविधिलाई पुर्याउनु पर्ने बताए। यसका लागि राष्ट्र बैंकले प्रोत्साहन गरिरहेको उनको भनाइ थियो।