सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र त्रिसरा रेस्टुरेन्ट एण्ड बारबीच सम्झौता भएको छ। बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धि सम्झौता भएको हो।
सम्झौतापछि सिटिजन्स बैंकका डेबिट क्रेडिट/प्रिभिलेज कार्डवाहकले त्रिसरा रेस्टुरेन्ट एण्ड बारको दरबारमार्ग, लाजिम्पाट, पोखरा लगायत देशैभरिका शाखाका सेवामा छुट पाउँछन्।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ। यो बैंकको हालसम्म १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग इकाइहरु छन्।