प्रभु बैंकले सिन्धुपाल्चोकका विद्यार्थीलाई बैंकसम्बन्धि जानकारी दिएको छ।
सोमबार सो जिल्लाका तेर्षे माध्यामिक, श्री महेन्द्र माध्यामिक, श्री पाल्चोक माध्यामिक र भुमेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई बैंकबारे जानकारी दिइएको हो।
उक्त विद्यालयका कक्षा ७, ८ र ९ मा अध्ययनरत ४८ जना विद्यार्थीहरुले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन गरे।
ती कार्यालयमा हुने क्रियाकलापको अवलोकन तथा अध्ययनका लागि आएकालाई विभिन्न समुहमा विभाजन गरेर बैंकबारे जानकारी दिइएको थियो।
उक्त अवसरमा विद्यार्थीहरुले प्रमुख कार्यकारी अधिकृत समक्ष बैंकिङ तथा वित्तीय जिज्ञाशाहरु समेत राखे।