सेयर बजारको परिसूचक नेप्से मंगलबार १४ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २५२८ अंकमा कायम भएको छ।
यस दिन ५ अर्ब १३ करोड रुपैयाँको सेयर किनबेच भयो।
बैंकिङ ६, विकास बैंक ६, फाइनान्स ४, उत्पादन ४२, अन्य ११ र जीवन बीमा समूह ९८ अंकले घटेका छन्।
ब्यापार समूह ३४६ अंकले बढ्यो। त्यस्तै होटल तथा पर्यटन समूह १५५, निर्जीवन बीमा १७४ र जलविद्युत समूह १२९ अंकले बढेका छन्।
यस दिन साल्ट ट्रेडिङ, चन्द्रागिरि हिल्स, रसुवागढी जलविद्युत, कालिका पावर, सान्जेन, वमी माइक्रोफाइनान्स, माथिल्लो तामाकोसी, रैराङ हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ।
पन्चकन्या माइ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले घटेको छ। कारोबारका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा रह्यो।
कम्पनीको मूल्य ३ प्रतिशतले बढेर ५४० रुपैयाँ पुगेको छ। त्यस्तै माथिल्लो तामाकोसी, नेपाल बंगलादेश बैंक, नेपाल लाइफ इन्स्योरेन्स पनि कारोबारका आधारमा अगाडि रहे।