माछापुच्छ्रे बैंकले नेपालका सबै प्रदेशमा क्युआर कोडको माध्यमबाट हुने भुक्तानी सेवा विस्तार गरेको छ।
नेपाल राष्ट्र बैंकको नीतिलाई कार्यान्वयन गर्ने क्रममा सबै प्रदेशमा यो सेवा पुर्याएको बैंकले जानकारी दिएको छ।
चैत ८ गते आइतवार सुर्खेतको कृषि बजारमा, पुरानो तरकारी बजार हटियालाईन, अल्का यातायात, नमुना हङकङ बजार हटियालाईन गरि ४ स्थानमा क्यु.आर.कोड सेवाको सुरुवात गरेसँगै सबै प्रदेशमा यो सेवा पुगेको बैंकले जानकारी दिएको छ।
सरल र सहज प्रविधि भएकाले यो प्रविधि पछिल्लो समय लोकप्रिय हुँदै गएको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्ने क्रम बढीरहेको छ।
यो प्रविधि व्यवसायी तथा उपभोक्तालाई पनि सजिलो हुने भएकाले यसको प्रयोग बढ्दै गएको बैंकले जानकारी दिएको छ।
बैंकले देशका विभिन्न स्थानहरुमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाजस्ता व्यवासयमा क्युआरकोड वितरण गरेको छ।