माछापुच्छ्रे बैंकको क्यु.आर कोड सातै प्रदेशमा पुगेको छ।
आइतवार नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्द प्रसाद नागिलाले कर्णाली प्रदेशको सुर्खेत स्थित कृषि बजार सुर्खेत, पुरानो तरकारी बजार हटियालाईन, अल्का यातायात, नमुना हङकङ बजार हटियालाइनमा उक्त सेवा सुरु गर्यो।
मंगलवार राजधानीको मनोहरा स्थित तरकारी बजारमा व्यवसायीलाई क्यु.आर.कोड हस्तान्तरण गरिएको छ। यसअघि बैंकले अन्य प्रदेशहरुमा क्यु.आर कोड सेवा सुरु गरिसकेको छ।
नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यले बैंकले यो सेवा सुरु गरेको हो।