सिटिजन्स बैंक र काठमाडौं, टङ्गालस्थित अलिव कबाव सुलतानेट रेस्टुरेन्टबीच सम्झौता भएको छ। सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो।
सहकार्यपछि सिटिजन्स बैंकका कार्डबाहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ। कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन उक्त बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको छ।
सिटिजन्स बैंकको १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखारहित बैंकिङ्ग इकाइ छन्।