ग्लोबल आइएमइले शुक्रबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–३, परासी, मोरङ जिल्लाको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापा जिल्लाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हाे।
हालसम्म यो बैंकको २७३, २४२ एटिएम, ४७ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन काउन्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय छन्।