विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक) २०२१ को उपलक्ष्यमा लक्ष्मी बैंकले विभिन्न कार्यक्रम गरेर मनाएको छ।
वित्तीय साक्षरता आभियान अन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयहरुका करिब एक हजारभन्दा बढी विद्यार्थीहरुलाई सामान्य वित्तीय साक्षरता सम्बन्धी कक्षा सञ्चालन गरी बचतको महत्व बुझाउदैं खुत्रुके वितरण गरिएको बैंकले जानकारी दिएको छ।
युवाहरुमा प्रविधिको प्रयोग गरी बैकिङ्ग गर्ने बानीको विकास गर्ने उदेश्यले विभिन्न व्यवसायमा आवद्घ साना व्यवसायीहरुलाई डिजिटल बैंकिंङ्गको प्रयोग सम्वन्धी ३ वटा तालिम सत्र सञ्चालन गरिएको थियो।