बैंक अफ काठमान्डूको डलर कार्ड सेवा सुरु भएको छ। यो बैंकमा खाता भएका ग्राहकले अमेरिकी डलर पाँच सय बराबरको कार्ड पाउन सक्छन्।
भारतबाहेक अन्य मुलुकबाट वार्षिक अधिकतम सो रकम बराबरको इ–कमर्स साइट मार्फत अनलाइन भुक्तानी गर्न सकिने भएको हो।
कार्डमार्फत् एकै पटक वा पटक–पटक गरी वर्षमा उक्त रकमको कारोबार गर्न सकिन्छ। इच्छुक ग्राहकहरुले नजिकको शाखामा आफ्नो प्यान कार्ड सहित निवेदन दिएर यो सुविधा लिन सक्छन्।
बैंक अफ काठमान्डूको ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर छन्।