अनलाइनबाट सेयर खरिद वा बिक्रीका लागि अर्डर गर्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)मा केही बेर समस्या देखिएपछि आज ४ बजेसम्म सेयर कारोबार हुने भएको छ।
केही बेर समस्या देखिएको टिएमएस अहिले पूर्ण रुपमा संचालनमा आइसकेको छ।
नेप्सेका अनुसार कारोबार बन्द हुने समयसीमा ३ बजेलाई लम्ब्याएर ४ बजेसम्म कायम गरिएको छ।
बारम्बार टिएमएसमा समस्या आउने गरेको भन्दै लगानीकर्ताले भने विरोध जनाएका छन्। लगानीकर्ता पिताम्बर शर्मा खरेल भन्छन् ‘यस्तो समस्या पहिलो पटक होइन, बारम्बार आउने गरेको छ, यसमा नियामक निकाय समेत गम्भीर भएको पाइँदैन।’
३ बजेसम्मको तथ्यांकअनुसार सेयर बजारको परिसूचक नेप्से ३६ अंकले बढेको छ। सो अंकको वृद्धिपछि नेप्सेले २६ सय अंक पार गरेको छ।
यस दिन पनि अजोड इन्स्योरेन्स, ओमी माइक्रोफाइनान्स र सानिमा जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ।