सेयर बजारको परिसूचक नेप्से ४३ अंकले बढेको छ। सो अंकको वृद्धिपछि नेप्से २६१९ अंकमा कायम भएको छ। कुल ६ अर्ब १६ करोड रुपैयाँको सेयर किनबेच भयो।
यस दिन बैंकिङ समूहले नै नेप्से माथि बढाउन टेवा पुगेको हो। सो समूह ४० अंकले बढेको छ। ब्यापार बाहेकका सबै समूह बढेका छन्। सो समूह ९८ अंकले घट्यो।
होटल तथा पर्यटन ६३, विकास बैंक ४२, जलविद्युत ३३, फाइनान्स ९, निर्जीवन बीमा ३४९, उत्पादन ३१, अन्य २५, माइक्रोफाइनान्स २७, जीवन बीमा १६७ र लगानी समूह १ अंकले बढे।
यस दिन ४ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। महिला लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स, ओमी माइक्रोफाइनान्स र सानिमा जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ।
सो मूल्य वृद्धिपछि महिलाको प्रतिकित्ता ६६२, अजोडको ९३८, ओमीको १२४७ र सानिमा जनरलको ७७६ रुपैयाँ कायम भयो।
रैराङ हाइड्रोपावर, बोटलर्स नेपाल र युनाइटेड इदी मर्दीको मूल्य ३ प्रतिशतभन्दा धेरैले घट्यो।
कारोबारका आधारमा यस दिन जलविद्युत लगानी तथा विकास कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ३६ करोड रुपैयाँ बराबरको कारोबार भयो। कम्पनीले हकप्रद जारी गर्ने भएकाले मूल्य समेत ८.८ प्रतिशतले बढेको छ। आजको कारोबारपछि कम्पनीको मूल्य प्रतिकित्ता ४७० रुपैयाँ कायम भयो।
कारोबारका आधारमा माथिल्लो तामाकोसी, नेपाल इन्फ्रास्ट्रक्चर र नबिल बैंक क्रमश अगाडि रहे।