रुरु जलविद्युत आयोजनाको प्राथमिक सेयर (आइपिओ)को लागि आवेदन खुलेको छ। कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा २० रुपैयाँ थपेर प्रतिकित्ता १२० रुपैयाँ मूल्यमा आइपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीले कुल ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्कासन गर्न लागेकोमा कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन्। चैत २४ गतेसम्म कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ।
बिक्री प्रवन्धकका रुपमा एनएमबि क्यापिटलले जिम्मा लिएको छ। आवेदकले सिआस्बा सदस्य बैंकका शाखाबाट आवेदन दिन सक्नेछन्।
साथै मेरो सेयर अनलाइन प्रणालीबाट पनि आवेदन दिन सक्ने छन्। कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ छ। प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा छ।
कम्पनीको वित्तीय विवरणअनुसार प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ छ। कम्पनीले गुल्मी जिल्लामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ।
इक्रा एनपीबाट कम्पनीले ट्रिपल बी रेटिङ पाएको छ।