बैंकहरुको मुख्य बिजनेस भनेकै कर्जा प्रवाह गर्नु हो। कर्जा प्रवाह बढ्दै जाँदा बैंकहरुमा लगानीयोग्य रकम (तरलता) साँघुरिँदै गएको छ।
मुल पुँजी र संकलित निक्षेपको योगफलमा बैंकहरुले प्रवाह गरेको कर्जालाई सिसिडी रेसियोले जनाउँछ। यस्तो रेसियो ८५ प्रतिशतसम्म कायम गर्न पाउने व्यवस्था छ।
तरलता साँघुरिँदै जाँदा सिसिडी रेसियो बढ्दै जान्छ। पुस मसान्तसम्म औसत सिसिडी रेसियो ७४ प्रतिशत रहेकोमा हाल यो दर ७८ प्रतिशतको हाराहारीमा पुगेको छ।
तरलताको अवस्थाले नै ब्याजदर निर्धारण हुन्छ। बैंकहरुमा तरलता पर्याप्त भएमा ब्याजदर कम हुने गर्छ भने अभाव भएको खण्डमा ब्याजदर बढ्न जान्छ।
पछिल्ला दिनमा बैंकहरुले प्रवाह गरेको कर्जा निक्षेपका तुलनामा बढ्दै गएको छ। संकलित निक्षेपभन्दा कर्जा प्रवाहको वृद्धिदर उच्च छ।
फागुन मसान्तसम्म २७ वाणिज्य बैंकहरुले कुल ३४ खर्ब १६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। जबकि गत वर्षको फागुन मसान्तसम्म २८ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
एक वर्षको अवधिमा वाणिज्य बैंकहरुले मात्रै करिब ६ खर्ब रुपैयाँ कर्जा बढाएका छन्। यसरी कर्जा बढाउनेमा एनआइसी एसिया, प्रभु, सिभिल, कुमारी, मेगा, अब्बल देखिएका छन्। केही बैंकमा मर्ज तथा एक्वीजिसनकाे प्रभाव देखिएको हाे।
हेर्नुस् एक वर्षको अवधिमा कुन बैंकले कति बढाए कर्जा प्रवाह ?
बैंक
|
२०७६ फागुनसम्मकाे कर्जा
|
२०७७ फागुनसम्मकाे कर्जा
|
नेपाल बैंक
|
१ खर्ब ३ अर्ब
|
१ खर्ब २६ अर्ब
|
राष्ट्रिय वाणिज्य
|
१ खर्ब ५१ अर्ब
|
१ खर्ब ७३ अर्ब
|
नबिल
|
१ खर्ब ४७ अर्ब
|
१ खर्ब ८६ अर्ब
|
इन्भेष्टमेन्ट
|
१ खर्ब ४१ अर्ब
|
१ खर्ब ६० अर्ब
|
स्टान्डर्ड चार्टड
|
५९ अर्ब
|
६४ अर्ब
|
हिमालयन
|
१ खर्ब ८ अर्ब
|
१ खर्ब २१ अर्ब
|
एसबिआई
|
९६ अर्ब
|
९७ अर्ब
|
नेपाल बंगलादेश
|
६१ अर्ब
|
६६ अर्ब
|
सानिमा
|
९२ अर्ब
|
१ खर्ब ११ अर्ब
|
एभरेष्ट
|
१ खर्ब १८ अर्ब
|
१ खर्ब २३ अर्ब
|
बिओके
|
८४ अर्ब
|
९६ अर्ब
|
एनसिसी
|
७० अर्ब
|
८८ अर्ब
|
एनआइसी एसिया
|
१ खर्ब ७५ अर्ब
|
२ खर्ब ५३ अर्ब
|
माछापुच्छ्रे
|
९१ अर्ब
|
१ खर्ब १३ अर्ब
|
कुमारी
|
९० अर्ब
|
१ खर्ब ३० अर्ब
|
लक्ष्मी
|
९२ अर्ब
|
१ खर्ब १ अर्ब
|
सिद्धार्थ
|
१ खर्ब २६ अर्ब
|
१ खर्ब ५२ अर्ब
|
कृषि विकास
|
१ खर्ब २० अर्ब
|
१ खर्ब ३७ अर्ब
|
ग्लोबल आइएमई
|
१ खर्ब ९४ अर्ब
|
२ खर्ब २७ अर्ब
|
सिटिजन्स
|
७४ अर्ब
|
९६ अर्ब
|
प्राइम कमर्सियल
|
१ खर्ब १३ अर्ब
|
१ खर्ब ३० अर्ब
|
सनराइज
|
८१ अर्ब
|
९३ अर्ब
|
एनएमबि
|
१ खर्ब २० अर्ब
|
१ खर्ब ४६ अर्ब
|
प्रभु
|
९९ अर्ब
|
१ खर्ब ३६ अर्ब
|
मेगा
|
८० अर्ब
|
१ खर्ब ३१ अर्ब
|
सिभिल
|
५१ अर्ब
|
७५ अर्ब
|
सेन्चुरी
|
६१ अर्ब
|
७५ अर्ब
|
पछिल्लो एक सातामै थपियो ४० अर्ब निक्षेप, ३९ अर्ब बढ्यो कर्जा
चैतको पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा ४० अर्ब रुपैयाँ निक्षेप थपिएको छ। नेपाल बैंकर्स एसोसिएसनका अनुसार चैत १३ गतेदेखि २० गतेसम्म सो निक्षेप थप भएको हो।
चैत १३ गतेसम्म कुल ३८ खर्ब ५० अर्ब निक्षेप संकलन भएकोमा २० गतेसम्म ३८ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ।
सो अवधिमा कर्जा प्रवाह भने ३९ अर्ब रुपैयाँले बढेको छ। १३ गतेसम्म ३४ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा २० गतेसम्म ३५ खर्ब १ अर्ब पुगेको छ।