मेगा बैंकको क्यूआर कोड सेवा जोरपाटीको तरकारी बजारमा सुरु गरिएको छ।
डिजिटल भुक्तानीलाई प्रवर्धन गर्ने उद्देश्यले बैंकले जोरपाटीमा रहेको विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारमा यो सेवा सुरु गरेको हो।
नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल र मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीले उक्त सेवाको उद्धघाटन गरे।
कार्यक्रममा ८० जना तरकारी विक्रेतालाई क्यूआर कोड वितरण गरिएको थियो।