लक्ष्मी बैंकल १२९औँ शाखा सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको रामटारमा विस्तार गरेको छ।
यो शाखा मार्फत आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा लिन सकिन्छ। साथै बैंकले साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।
उक्त बैंकको ४८ जिल्लामा १२९ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५८ एटिएम, २५ सय बढी रेमिट्यान्स एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ एजेन्ट छन्।