निक्षेप नथपिएसम्म केही बैंक ऋण दिन नसक्ने अवस्थामा पुगेका छन्। सिसिडी रेसियोको अधिकतम सीमाका कारण थप ऋण लगानी गर्न केही बैंक असहज अवस्थामा पुगेका हुन्।
सिसिडी रेसियोको अधिकतम सिमा ८५ प्रतिशत तोकिएको छ। यसको अर्थ बैंकहरुले मुल पुँजी र निक्षेपबाट ८५ प्रतिशतसम्म मात्रै कर्जा प्रवाह गर्न सक्छन्।
सिसिडी रेसियो ८५ को सीमानजिक हुनु भनेको निक्षेप नआएमा थप ऋण दिन नसक्नु हो। तसर्थ सिसिडी रेसियोले बिजनेस बढाउन कुन बैंकसँग स्रोत छ भन्ने कुरालाई जनाउँछ।
हाल ९ वटा बैंकको सिसिडी रेसियो ८० प्रतिशत नाघेको छ। एनआइसी एसियाको सबैभन्दा धेरै ८४ प्रतिशत छ। बैंकले थप निक्षेप संकलन नगरेसम्म कर्जा प्रवाह गर्न सक्ने स्थिति छैन। औसतमा सिसिडी रेसियो ७८.३५ प्रतिशत पुगेको छ।
एनआइसी एसियासहित नबिल, एनएमबि, मेगा, कुमारी, प्राइम कमर्सियल, सानिमा, सिभिल, बैंक अफ काठमाण्डुको सिसिडी रेसियो ८० प्रतिशतभन्दा माथि छ।
यद्यपि हाल कर्जाको माग नभएकाले सिसिडी रेसियो उच्च भए पनि ती बैंकहरुलाई कुनै दवाव परेको छैन। माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइरालाले निषेधाज्ञाका कारण हाल कर्जाको माग नरहेको बताए।
‘कोभिड १९ को दोस्रो लहर कतिसम्म जान्छ, अवस्था कस्तो हुन्छ भन्नेमा नै सबैको ध्यान छ’ कोइरालाले भने ‘केही साताअघिसम्म कर्जा राम्रै गएको हो, अहिले जान सकेको छैन।’
चैत मसान्तसम्म २७ वाणिज्य बैंकहरुले कुल ३५ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्षको सोही अवधिमा २८ खर्ब ६० अर्ब प्रवाह भएको थियो। एक वर्षको अवधिमा कर्जा प्रवाह २४. २ प्रतिशतले बढेको छ।
हेर्नुस् कुन बैंकको सिसिडी रेसियो कति?
बैंक
|
सिसिडी रेसियो चैत ०७७
|
सिसिडी असार ०७७
|
एनआइसी एसिया
|
८४.२१
|
७८.१८
|
ग्लोबल आइएमई
|
७६.५४
|
७९.६९
|
नबिल
|
८०.८०
|
७८.८८
|
राष्ट्रिय वाणिज्य
|
६८.२३
|
७०.०५
|
इन्भेष्टमेन्ट
|
७९.०५
|
७५.३५
|
सिद्धार्थ
|
७८. ०१
|
७८.७७
|
एनएमबि
|
८१.०९
|
७६.१६
|
कृषि विकास
|
७९.९२
|
७०.७७
|
प्रभु
|
७४.४२
|
७३.७४
|
मेगा
|
८३.५४
|
७७.४८
|
कुमारी
|
८१.२३
|
७९.८०
|
प्राइम
|
८२.३१
|
७६.५५
|
नेपाल
|
७५.५५
|
७३.६५
|
एभरेष्ट
|
७०.०५
|
७५.०५
|
हिमालयन
|
७८.९९
|
७६.०८
|
सानिमा
|
८२.७९
|
७८.६४
|
माछापुच्छ्रे
|
८०. ३९
|
७७. ६५
|
सिटिजन्स
|
७८.१३
|
७८.७८
|
लक्ष्मी
|
७८.५१
|
७५.१३
|
नेपाल एसबिआई
|
७६.९८
|
७५.६५
|
बिओके
|
८१.२२
|
७७.५४
|
सनराइज
|
७८.६३
|
७६.३७
|
एनसिसी
|
७७.६८
|
७६.९६
|
सिभिल
|
८०.३
|
७७.७
|
सेन्चुरी
|
७६.२५
|
७७.८९
|
नेपाल बंगलादेश
|
७९.०५
|
७५.३५
|
स्टान्डर्ड चार्टड
|
७४.६५
|
७७.४७
|