सबै जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। नेप्सेमा सूचीकृत १० जीवन बीमा कम्पनीहरुको औसत खुद नाफा एक वर्षको अवधिमा २३ प्रतिशतले बढेको छ।
९ महिनामा (साउनदेखि चैत मसान्तसम्म) यी १० कम्पनीले २ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। जवकि गत वर्षको सोही अवधिमा १ अर्ब ७१ करोड कमाएका थिए।
जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स नाफामा अब्बल रहँदै आएको छ। कम्पनीको नाफा एक वर्षको अवधिमा ८ प्रतिशतले बढेको छ। ९ महिनामा कम्पनीले ५० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
नाफाको वृद्धिदरका आधारमा भने प्रभु लाइफ इन्स्योरेन्स कम्पनी अगाडि छ। कम्पनीको नाफा एक वर्षको अवधिमा १४८ प्रतिशतले बढेको छ।
कुनै पनि जीवन बीमा कम्पनीहरुको नाफा घटेको छैन। सेयर लगानीकर्ताका लागि नाफाभन्दा पनि प्रतिसेयर आम्दानी महत्वपूर्ण रहन्छ। सामान्यतः चुक्ता पुँजी बढी हुने कम्पनीको आम्दानी बढी हुनु स्वभाविक हो।
प्रतिसेयर आम्दानीका आधारमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि छ। सो कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ १५ पैसा छ।
हेर्नुस्, कुन कम्पनीको नाफा, नाफा वृद्धिदर र प्रतिसेयर आम्दानी कति?
कम्पनीहरु
|
नाफा चैत ०७७
|
नाफा चैत ०७६
|
वृद्धिदर %
|
प्रतिसेयर आम्दानी
|
एसियन लाइफ
|
१८ करोड २१ लाख
|
१३ करोड ७ लाख
|
३९
|
१२ रुपैयाँ ८ पैसा
|
गुराँस लाइफ
|
१० करोड ४२ लाख
|
८ करोड ३७ लाख
|
२४
|
७ रुपैयाँ ४ पैसा
|
ज्योति लाइफ
|
१२ करोड ७ लाख
|
११ करोड ५१ लाख
|
४
|
७ रुपैयाँ ३२ पैसा
|
लाइफ इन्स्योरेन्सक.
|
१५ करोड ३७ लाख
|
१० करोड ७६ लाख
|
४२
|
६ रुपैयाँ ९५ पैसा
|
नेसनल लाइफ
|
३२ करोड २५ लाख
|
३१ करोड ५६ लाख
|
२
|
१२ रुपैयाँ ६८ पैसा
|
नेपाल लाइफ
|
५० करोड ६६ लाख
|
४६ करोड ७५ लाख
|
८
|
९ रुपैयाँ ३८ पैसा
|
प्रभु लाइफ
|
१३ करोड ७८ लाख
|
५ करोड ५५ लाख
|
१४८
|
९ रुपैयाँ १९ पैसा
|
प्राइम लाइफ
|
२२ करोड ८६ लाख
|
१८ करोड ३० लाख
|
२५
|
१२ रुपैयाँ ६१ पैसा
|
रिलायन्स लाइफ
|
६ करोड ५८ लाख
|
६ करोड १३ लाख
|
७
|
४ रुपैयाँ १८ पैसा
|
सूर्या लाइफ
|
२९ करोड १० लाख
|
१८ करोड ६७ लाख
|
५५
|
१७ रुपैयाँ १५ पैसा
|