जेठ ५ गतेबाट निष्काशन भएको प्रभु सेलेक्ट फण्डको इकाई तेस्रो दिन नै १४५ प्रतिशतले 'ओभर सब्सक्राइब' भएको छ।
१० करोड इकाईको माग गरिएकोमा तेस्रो दिनको अपरान्ह ४ बजेसम्म १४ करोड ५६ लाख २० हजार ६०० इकाइका लागि आवेदन परेको छ।
५६ हजार ३ सय १२ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ३० करोड ६२ लाख ६ हजार रकम बराबरको १३ करोड ६ लाख २० हजार ६ सय इकाई खरिदका लागि आवेदन परेको हो।
प्रभु क्यापिटलले जेठ ५ गतेदेखि प्रति इकाई १० अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो।
यो फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंकलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो।
यो फण्डमा लगानीकर्ताहरुले न्यूनतम १०० इकाई देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। इकाई खरीदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेठ ९ गते आइतबारसम्म रहेको छ।