नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लहान शाखाले २५ लाख रुपैयाँको घातक रोग दावी भुक्तानी गरेको छ।
सिरहा नगरपालिका लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन विमा वापतको रकम उनको भतिज गोविन्द अग्रवाललाई घातक रोग दावी रकम २५ लाख विमाङ्ग रकम वापत भुक्तानी गरिएको कम्पनीले जनाएको छ।
पोद्दारले २०७६ असोज २७ गते २५ लाखको जीवन अमृत योजना खरिद गरेकी थिइन्।
दावी भुक्तनी कार्यक्रममा शाखा प्रमुख संजय कुमार सिंह, सिनियर एजेन्सी मेनेजर मोहन झा र निज पोद्दारको परिवारको उपस्थिति थियो।
बीमा दावी भुक्तानी लिँदै गर्दा बीमीतको भतिजा गोविन्द अग्रवालले घातक रोग दावी भुक्तानी सरल र सहज रुपमा पाएको बताएका छन्।