सोमबार सेयर बजारको परिसूचक नेप्से ४५ अंकले घटेको छ।
यस दिन सो अंकको कमी आएसँगै परिसूचक २७८२ अंकमा झरेको छ। २१८ कम्पनीको १३ अर्ब ९० करोड रुपैयाँको सेयर किनबेच भएको छ।
सबै समूहहरू घटेका छन्। बैंकिङ १९, व्यापार १६८, विकास बैंक ५६, जलविद्युत १२९, फाइनान्स १२, निर्जीवन बीमा ३८०, उत्पादन १०३, अन्य ५२, माइक्रोफाइनान्स ९ र जीवन बीमा ३५६ अंकले घटेका छन्।
यस दिन दुई कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।
राधी विद्युत र सेन्ट्रल फाइनान्सको मूल्य १० प्रतिशतले बढेको हो। सो मूल्य वृद्धिपछि राधिको प्रतिकित्ता १२५६ र सेन्ट्रलको ३५५ रुपैयाँ पुगेको छ।
यस दिन वरुण हाइड्रोको मूल्य सबभन्दा धेरै ९.५ प्रतिशतले घटेको छ।
त्यस्तै, नेपाल हाइड्रो डेभलपरको मूल्य ८ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा राधी विद्युत अग्रस्थानमा रह्यो। कम्पनीको ९१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।