बुधबार सेयर बजारको परिसूचक नेप्से ५५ अंकले बढेको छ। ५५.७६ अंकले बढेर नेप्से २८२७ अंकमा पुगेको छ। अघिल्ला दुई दिन परिसूचक ५६ अंकले घटेको थियो।
यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ। हिजो ८ अर्बको सेयर किनबेच भएकोमा आज ११ अर्ब ३५ करोडको भएको छ।
बैंकिङ ८, ब्यापार १५, होटल तथा पर्यटन ९२, विकास बैंक २२५, जलविद्युत ८१, फाइनान्स १३७, निर्जीवन बीमा ४७९, उत्पादन १३६, अन्य ११०, माइक्रोफाइनान्स ६९ र जीवन बीमा समूह ३७४ अंकले बढेका छन्।
यस दिन सानिमा माइ हाइड्रोपावर र राष्ट्रिय बीमा कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। पोखरा फाइनान्स, मञ्जुश्री फाइनान्स, समृद्धि फाइनान्स, जानाकी फाइनान्स, लुम्विनी विकास बैंक, गुहेश्वरी मर्चेन्ट बैंक, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, नेपाल पुनर्बीमा र युनियन हाइड्रोपावरको मूल्य साढे ९ देखि १० प्रतिशतसम्म बढ्यो।
गुमाउनेमा राधी विद्युतका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको मूल्य ७ प्रतिशतले घटेर प्रतिकित्ता १२०६ रुपैयाँ कायम भएको छ। सोबाहेक अरु घट्ने कम्पनीको गिरावट दर २ प्रतिशतमुनि रह्यो।
यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै रकमको सेयर किनबेच भयो। सो कम्पनीको १ अर्ब ३७ करोड रुपैयाँको सेयर किनबेच हुँदा मूल्य ९.७ प्रतिशतले बढेको छ। निर्धन उत्थान, सानिमा माइ हाइड्रो, लुम्बिनी र ज्योति विकास बैंक पनि कारोबारका आधारमा अगाडि रहे।