एभरेष्ट बैंक र बेलायतमा रहेको अनलाइन मनी ट्रान्सफर सेवा स्पुन रेमिटबीच सम्झौता भएको छ। बेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिट्यान्स सेवा प्रदान गर्न यस्तो सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र स्पुन रेमिटका प्रबन्ध निर्देशक वहिदोल्लह साफिले संयुक्त रुपमा हस्ताक्षर गरे।
स्पुन रेमिट, अनलाइन प्रोडक्ट र ट्रेडिङको लागि दर्ता गरिएको एम। ए फास्टमोव लि। अन्तर्गतको नाम हो। जुन वेबका साथै मोबाइल एप्लिकेसनको दुवै एन्ड्रोइड र आइ।ओ ।एस मा उपलब्ध रहेको छ।
अब बेलायतमा रहेका रेमिटरहरुले आफुलाई स्पुन रेमिटमा दर्ता गरी एभरेष्ट रेमिटबाट सजिलै नेपालमा पैसा पठाउन सक्नेछन्।
स्पुन रेमिटबाट पाएको रेमिट्यान्स नेपालको कुनै पनि बैंकबाट डिपोजिटमार्फत् भुक्तानी गर्न र नेपालका ९ हजार बढी पे आउट एजेन्टहरु र बैंकको १०३ वटा मध्य कुनैपनि शाखा बाट नगद भुक्तानी लिन सकिने बताइएको छ।