साता कारोबारको अन्तिम दिन बिहीकार सेयर कारोबार रकममा नयाँ रेकर्ड बनेको छ।
यस दिन झण्डै १७ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ। १६ अर्ब ९० करोड रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।
त्यस्तै परिसूचक २९ अंकले बढेर २८५६ अंकमा पुगेको छ। यो अंक पनि अहिलेसम्मकै उच्च हो।
यस दिन बैंकिङ समूहले नै नेप्सेलाई उचालेको छ। सो समूह ५० अंकले बढेको छ। त्यस्तै होटल तथा पर्यटन ११७, विकास बैंक १४६, फाइनान्स ६२, उत्पादन ७१, माइक्रोफाइनान्स ४० र जीवन बीमा समूह ५ अंकले बढेका छन्।
त्यस्तै ब्यापार ९, जलविद्युत ६०, निर्जीवन बीमा ११३ र अन्य समूह १५ अंकले बढेका छन्। मञ्जुश्री फाइनान्स र महिला लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले बढेको छ।
सो वृद्धिपछि महिलाको मूल्य प्रतिकित्ता ४७५२ र मञ्जुश्रीको ८२५ पुगेको छ। त्यस्तै गोर्खा फाइनान्स र ग्रीन डेभलपमेन्टको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ।
पन्चकन्या माइ हाइड्रोको मूल्य ५.९ र राधि विद्युतको मूल्य ५ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी नै अग्रस्थानमा रह्यो। सो कम्पनीको १ अर्ब २ करोडको कारोबार हुँदा मूल्य भने १ प्रतिशतले घटेको छ। छिमेक लघुवित्त, लुम्बिनी विकास बैंक, नेपाल बंगलादेश बैंक र निफ्रा पनि कारोबारका आधारमा अगाडि रहे।