नेपाल बङ्गलादेश बैंकले आफनो २७औं वार्षिकोत्सव मनाएको छ।
वार्षिकोत्सवको अवसरमा बैंकले नेपाल सरकारलाई ६६ लाख रुपैयाँ बराबरको २५ सय भायल रेम्डिसिभिर इन्जेक्सन प्रदान गरेको छ।
साथै सुदुरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई ४ लाख बराबरको आर्थिक सहयोग गरेको छ।
उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सनटे«टर खरिद गर्ने बताइएको छ।
नेपाल राष्ट्र बैंकबाट ‘क बर्ग’को इजाजत प्राप्त यो बैंकले २०५१ साल जेठ २३ गतेदेखि बैकिङ्ग कारोबार सुरु गरेको थियो।
यो बैंक विदेशी संयुक्त लगानीमा संचालित बैंक हो।
यस बैंकमा मित्र राष्ट्र बंगलादेशको आइएफआइसी बैंकको ४०.९० प्रतिशत लगानी रहेको छ।
बैंकले हाल सातै प्रदेशमा ९९ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएमबाट बैकिङ्ग सुबिधा दिदैँ आएको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ उच्च प्राथमिकतामा राख्ने बताएको छ।